About Us

विक्रम सम्वत २०२५ सालमा सिन्धुली उद्योग वाणिज्य संघको नामवाट स्थापना भएको संघ विभिन्न अवरोहह पार गर्दै आजको अवस्था सम्म आइपुग्दा यस संघमा निकै जिम्मेवारी र चुनौतिहरु थपिएको छ । 

२०२५ सालमा सिन्धुली उद्योग वाणिज्य संघको नाममा स्थापना भएपनि कानुनीसम्मत हुनभने निकै लामो समयको प्रतिक्षा गर्नुपरेको थियो । झण्डौ तिन दशकको अन्तराल पछि २०५६ साल जेष्ठ २४ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिवत दर्ता भएको हो । भने सिउवा संघले २०६७।०७।१० गते आन्तरिक राजश्व कार्यालय जनकपुरमा दर्ता गरि स्थायी पान समेत लिई संघ लाई विधिवत रुपमा अगाडी बढाएको छ । संघको स्थापनाको दूई दशकभन्दा बढी समय सुसुप्त अवस्थामा रहेको यस संघ २०५१ सालमा आफ्नै भवन निर्माण गरि २०५६ साल देखि योजनाबद्ध ढंगले संस्थागत विकास र सदस्यता सेवामा लागिपरेको हो । विभिन्न संघ–संस्था, उद्योगी–व्यापारीहरुको सहयोग एंव आफ्नै श्रोत र साधनको समुचित प्रयोग गरी व्यवस्थित सचिवालय, सचिवालयवाट व्यवसायिक परामर्श, ई–पान सुविधा, गुणस्तरिय नापतौल सेवा, व्यवसायी फर्मदर्ता, नविकरण, सिफारिस लगाएतका विविध सेवा संचालन गर्दै जिल्लाको एउटा सशक्त संस्थाको पङतिमा उभ्याउन सफल भएको छ । यस क्रममा आफुलाई नेपाल उद्योग वाणिज्य महासंघको “ख” वर्गमा समेत उभ्याउन सफल भएको छ ।

१  संस्थाको मुख्य उद्देश्य : - 
क) सिन्धुली जिल्ला भरिका उद्योगी, व्यापारीको हकहितको संरक्षण गर्नु, उद्योग र वाणिज्य व्यवसायको विकास तथा प्रवद्र्धन गर्नु जिल्ला र राष्ट्रको आर्थिक व्यवस्था दरिलो वनाउनु ।
ख) संघको आफ्नो उद्देश्यहरु पूर्तिको निम्ति देहाए बमोजिमका कार्यहरु गर्ने वा गराउन सक्नेछ ।
ग) आफ्नो क्षेत्रको अद्योग, वाणिज्य र यी संग सम्वन्धित व्यवसायीको वर्गीय एकता कायम गराई यसको सर्वोतम हित र कल्याणको लागि प्रयत्नशील रही उद्योग र वाणिज्य क्षेत्रको विकास विस्तार गर्दै जिल्ला र देशको अर्थतन्त्रको विकासलाई गति प्रदान गर्नु गराउनु ।
घ) नेपालको आर्थिक सम्वन्धि नीति, नियम, ऐन योजना कार्यक्रम तथा कारबाही आदिको विवेचना वा विश्लेषण गरी सुझाव वा प्रतिक्रिया पेश गर्नु तथा आवश्यक कारवाही गर्नु ।
ङ) उद्योग वाणिज्य सम्वन्धि विषयहरुको ज्ञान फैलाउनु, बैठक, गोष्ठी, प्रवचन, राष्ट्रिय, अन्तराष्ट्रिय सम्मेलन तथा तालिमको आयोजना गर्नु गराउनु ।
च) उद्योग र व्यापारमा सद्भावना एंव नैतिकताको भावना वढाउनु ।  
छ) उद्योग वाणिज्य तथा अन्य विषय सम्वन्धि मेला तथा प्रर्दशनीहको व्यवस्था गर्नु गराउनु र भाग लिनु, लिन लगाउनु ।
ज) नाप तौल, गुणस्तर ईत्यादी वारेको व्यापारिक विवाद उत्पन्न भएमा त्यसको जाँच मूल्याङन गर्नुु गराउनु तथा तत् सम्वन्धि यथार्थको प्रमाण–पत्र दिनु दिलाउनु ।
झ) संघको उद्देश्य पूर्तिका लागि आवश्यक आर्थिक श्रोतको परिचालन गर्नु, नियम उपनियम वनाउनु र अन्य आवश्यक प्रशासनिक लागायतका कार्यहरु गर्नु गराउनु ।
ञ) नेपाल उद्योग वाणिज्य महासंघको विद्यान नियम, उपनियम तथा कार्यकारीणी समितिको निर्णय र नीतिहरुको पालना गर्नु गराउनु ।
ट) प्रचलित नेपालको कानुन वा आधिकारिक निकायवाट प्रत्यायोजित अधिकारको प्रयोग प्रचलन गर्नु गराउनु वा निर्देशक कार्य गर्नु गराउनु ।
ठ) उद्योग, वाणिज्य तथा अन्य सम्वन्धि समस्याहरुको समयमा नै समाधान गर्नु गराउनु ।
ड) राष्ट्रिय उद्योगद्वारा उत्पादित वस्तुहको व्यापारलाई प्रोत्साहन गर्ने ।
ढ) उद्योग र वाणिज्यको विकासका निम्ति नीजी क्षेत्रलाई बढी प्रोत्साहित गर्न तथा सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न प्रयास गर्नु गराउनु ।
ण) जिल्लामा बाहिरी लगानी भित्याउन आकर्षित गर्ने खालका वातावरणको श्रृजना गर्न आवश्यक उपाय गर्नु गराउनु ।
त) आर्थिक रुपले पिछडीएको उद्यमी, व्यापारीहरुलाई सीपमुलक तालिमको व्यवस्था गर्न आवश्यक पहल गर्ने । 
थ) अर्थ, उद्योग र वाणिज्यसंग सम्पर्क र सम्बन्ध राखी यस क्षेत्रका उद्योग र वाणिज्यको विकास र विस्तारको निमित्त राष्ट्रिय अन्तराष्ट्रिय समझदारी र सहयोग बढाउन प्रयास गर्न्ु गराउनु ।

१.२ संस्थाको परिकल्पना :-
        जिल्लाका उद्यमी, व्यापारी, व्यवसायी एवं क्षेत्रगत शाखाहरु, वस्तुगत संघ व्यवसायीहरुको प्रतिनिधीमुलक संस्थाको रुपमा सुविधा सम्पन्न अग्रणी संस्था बनाउने । जिल्लालाई समतामुलक जिल्लाको परिकल्पना गर्दछ जहाँ आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहाँसिक रुपले सम्मपन्न  जिल्लाको परिकल्पना गर्दछ । 

१.३ संस्थाको लक्ष्य :-
        सिन्धुली जिल्ला भरिका उद्योगी, व्यापारी र व्यवसायिहरुको हकहितको संरक्षण गर्नु उद्योग र वाणिज्य व्यवसायको विकास तथा प्रवद्र्धन गर्नु र जिल्ला र राष्ट्रको आर्थिक व्यवस्था दरिलो बनाई आर्थिक तथा सामाजिक विकासमा लागिपरि जिल्ला र राष्ट्र विकासमा सरीक हुने ।
 
२. संघले हालसम्म सञ्चालन गरेका कार्यक्रमहरुको विवरण :-
यस संघले स्थापना काल देखि हाल सम्म गरेका कृयाकलापहरु यस प्रकार रहेका छन् । 
क) एक गाऊ एक उत्पादन(जुनार, भुईकटर)
ख) एक जिल्ला एक उत्पादन कार्यक्रम(जुनार–जस अन्तर्गत जुस उद्योगको स्थापना)
ग) सिपमुलक तालिम(घरेलु तथा साना उद्योग विकास समितिसँग समन्वयमा)
घ) अस्थाई लेखा नम्बर पान वितरण
ङ) कृषि सम्बन्धि विउ विजन वितरण
च) उज्यालो र सुरक्षित वजार निमार्ण अभियान संचालन(सोलार बत्ती र सि.सि.क्यामरा जडान)
छ) सरकारी तथा गैर सरकारी निकायसँग समन्वय,(यूवा स्वरोजगार कार्यक्रम, खाद्य मेला, महोत्सव)
ज) खम्बेचौर र खुल्ला मञ्च निमार्ण ।
झ) बजार अनुगमन ।
ञ) नापतौल गुणस्तर मापन ।
ट) जिल्लाको कला संस्कृति, पर्यटन, व्यापार, व्यवसाय, आदि क्षेत्रको विकास र प्रवद्र्धनका लागि   महोत्सव लगाएका कार्यक्रम संचालन ।
ठ) प्रदेश कार्यक्रम अन्तर्गत भूईकटहर खेती, कोशेली घर निमार्ण र होमस्टे सञ्चालन व्यवस्थापन तथा सहजिकरण ।

३ संस्थागत क्षमता :-
     विभिन्न सवालगत  तथा विषयगत कार्यक्रम संचालन गर्न लामो समय देखिको अनुभवि, दक्ष, सिपमुलक, कार्यप्रति प्रतिवद्ध र सक्रिय कर्मचारीहरुको संलग्नता ।
     सक्रिय र प्रशिक्षित सदस्य स्वयम  सेवकहरु ।
     सहभागीतामुलक पद्धतीवाट कार्यक्रम संचालन गर्ने क्षमता भएको सञ्चालक समिति, कर्मचारी तथा सदस्यहरुको संरचना ।
     स्थानीय तथा जिल्लास्तरमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुसंग सहकार्य र साझेदारीमा कार्यक्रम संचालन गरिएको अनुभव प्राप्त लगनिकर्ताहरुको संलग्नता ।