About us
Welcome to
Sindhuli Chamber of Commerce & Industry
२०२५ सालमा सिन्धुली उद्योग वाणिज्य संघको नाममा स्थापना भएपनि कानुनीसम्मत हुनभने निकै लामो समयको प्रतिक्षा गर्नुपरेको थियो । झण्डौ तिन दशकको अन्तराल पछि २०५६ साल जेष्ठ २४ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिवत दर्ता भएको हो । भने सिउवा संघले २०६७।०७।१० गते आन्तरिक राजश्व कार्यालय जनकपुरमा दर्ता गरि स्थायी पान समेत लिई संघ लाई विधिवत रुपमा अगाडी बढाएको छ । संघको स्थापनाको दूई दशकभन्दा बढी समय सुसुप्त अवस्थामा रहेको यस संघ २०५१ सालमा आफ्नै भवन निर्माण गरि २०५६ साल देखि योजनाबद्ध ढंगले संस्थागत विकास र सदस्यता सेवामा लागिपरेको हो ।